• The Public Today
  • सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्याे


    काठमाण्डाै, पौष १३ गते : सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ ।आज भाउ बढेर छापावाला सुनकाे मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।यसअघि लगातार बढेको सुनको भाउ मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको भाउ फेरि उकालो लागेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस