• The Public Today
  • ‘प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने हैसियत छैन’: प्रकाशमान


    काठमडौं, पौष १३ गते : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर प्रदर्शन गरेको छ ।प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् विघटनबाहेक सुनकान्डका दोषी लुकाएकोदेखि महामारीमा औषधि किन्दासमेत कमिसन खाएको र कमिसन खोरहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।

    कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर–१ को सभालाई सम्बोधन गर्दै ओली सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद् नै विघटन गरेर आफू शासनमा बस्न खोजेको बताए ।सिंहले भने, “जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद् र पार्टीका कमिटीको सामना गर्न नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत रहँदैन ।”

    प्रधनमन्त्री प्रतिनिधिसभाबाटै जन्मने भएकाले उसले संसद् विघटन गर्न नसक्ने व्यवस्था संविधानमा गरिएको उनको भनाइ थियो ।“संसद्ले प्रधानमन्त्री दिनै नसक्ने, सरकार दिनै नसक्ने अवस्थामा मात्र संसद् विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको हो । अन्य अवस्थामा संसद् विघटन हुनै सक्दैन,” सिंहले भने, “त्यस्तो अवस्था नभएका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैनन् ।”

    प्रधानमन्त्री ओलीले एकातिर ६४ प्रतिशत सांसद्को समर्थन छ भन्ने अर्कातिर आफ्नै पार्टीको विश्वास प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस