• The Public Today
  • बन्दुक र गोलीसहित पक्राउ


    बारा, पौष १३ गते : बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ परेका छन् । आदर्शकोटवाल गाउँपालिका–४, गंगानगरबाट सिम्रौनगढ नगरपालिका–४, हरियरपुर बस्ने ६१ वर्षीय बद्री सहनीलाई एकथान नलकटुवा बन्दुक र थ्री नट थ्रीको एक राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

    २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले सहनी सवार बा८प ३८११ नम्बरको स्कुटर जाँच गर्नेक्रममा सिटमुनी लुकाइराखेको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस