• The Public Today
  • ओली श्री ३ महाराज जङगेको बाटोमा हिड्नुभयोः प्रचण्ड


    काठमाडौं, पौष १३ गते : नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजको पथमा हिँडेकाले पराजित भएको बताएका छन् । आज पेरिसडाँडामा आयोजित जन–सांस्कृतिक महांसघको कार्यक्रमलाई संबोधन गर्दै उनले आफूहरुको विजय सुरुआत भएको जिकिर गरे ।

    “हामी सडकमा पुगेका हैनौं । हामी जनताको बीचमा पुगेका हौं । केपी ओली सामान्ती शासक जस्तो श्री ३ महाराज धिराज जङगेको बाटोमा हिड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो । हाम्रो विजयको सुरुवात भयो,” प्रचण्डले भने ।

    प्रचण्डले सदन जिवित भएको दाबी गर्दै छिट्टै नै अदातलतले सदन सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरे । उनले संविधानले नदिएको अधिकार प्रयोग गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको बताए ।

    “सदन मरेको छैन । जिवित छ । विघटन भएको त केपी ओलीको सरकार हो । संसदको हत्या भएको छैन । सम्मानित अदालतले संविधनानमा प्रष्टसँग लेखिएको प्रवाधान बुझ्दैन भन्यौं भने अदालतको सम्मानप्रति अपमान ठहर्छ भन्ने ठान्छु । अपमान अदालतमाथि विश्वास छ । अदालप्रति भरोसा गर्न चाहन्छु। छिटो भन्दा छिटो सदन सुचारु गर्ने आदेश आउनेछ भन्ने विश्वास गरेको छु,” उनले भने ।

    उनले राजनीतिक ढंगले आफूहरुको जिति भइसकेको दाबी गरे ।उनले आफूहरुले बाजी जितिसकेको बताए । “राजनीतिक ढंगले त जितिसक्यौं । फिल्डमा जित्न बाँकी छ। हेर्नुहोला केही महिनाभित्र फाइनल हुन्छ,” उनले भने । उनले अर्को समूहमा गएका केही नेताहरु फेरि फर्कने र आफूहरुले स्वागत गर्ने बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस