• The Public Today
  • संसद् विघटनविरुद्ध देशभर कांग्रेसकाे विराेध प्रदर्शन


    काठमाण्डाै, पौष १३ गते : प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (साेमबार) देशभर विरोध प्रदर्शन गरिरहेको छ ।अहिले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको नेपाली कांग्रेसले जनाएको छ । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

    यसैबीच विरोध प्रदर्शनका कारण काठमाण्डौ उपत्यकामा जाम बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, बालकुमारी, कलङ्की, नारायणगोपाल चोकलगायतका ठाउँमा जाम बढेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस