• The Public Today
  • कांग्रेस सरकारमा जान हुँदैन : कोइराला


    विराटनगर, पौष १३ गते : नेपाली कांग्रेसका केन्द्रीय डा. शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी हुन नहुने बताएका छन् ।सोमबार विराटनगरमा पार्टीले आयोजना गरेको विरोधसभामा कोइरालाले भने, “कांग्रेस सरकारमा सहभागी हुँदैन । ओलीको मतियार हुन कांग्रेस सरकारमा जान हुँदैन ।’’

    कम्युनिस्टसँग मिलेर अघि नजान पहिलेदेखि नै बीपी कोइरालाले समेत सचेत गराएको उनले सुनाए । कोइरालाले कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन प्रयास गरे पनि उनीहरुले निरंकुशता छाड्नै सक्दैनन् भन्ने पछिल्लो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीको कदम भएको उनले बताए ।

    “सर्वोच्चले निर्वाचनमा जान आदेश गरे त्यसलाई सुनिश्चित गर्न कांग्रेस सडकमा उत्रनेछ,’’ उनले भने । उनले संसद् विघटनजस्तो असंवैधानिक कदमको विरोध गरिरहने स्पष्ट गरे ।केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस सधैँ लोकतन्त्रको पक्षमा रहेको बताइन् ।

    राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले लोकतन्त्र जोखिममा रहेको जिकिर गरे ।कांग्रेस प्रदेश नम्बर–१ का प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीको कदम राष्ट्रघाती भएको बताए ।सांसद् चुमनारायण तबदारले असंवैधानिक कदम स्वीकार नभएको बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस