• The Public Today
  • ६५९ कोरोना संक्रमित थप, ७ को मृत्यु


    काठमाडौं, पौष १३ गते : पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८३२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको पीसीआर परीक्षण गरिएकामा ६५९ जनाको नतिजा पोजेटिभ आएको छ ।

    सोही अवधीमा ७१८ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । हाल क्वारेन्टाइनमा ३६९ जना छन् भने ६ हजार ४२७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस