• The Public Today
  • धनुषामा पनि सरकार विरुद्ध काँग्रेसको प्रदर्शन


    जनकपुर, पौष १३ गते : नेपाली काँग्रेसले धनुषाका ४ वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । पूर्व घोषित कार्यक्रमअनुसार काँग्रेसले सोमबार ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।

    धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए । कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस