• The Public Today
  • राष्ट्रपतिलाई विश्वप्रकाशको व्यङ्ग्य : डा. रामवरण सँग ट्युसन लिनुस्


    काठमाडौं, पौष १३ गते : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादवी भण्डारीलाई व्यङ्ग्य गर्दै पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग ट्युसन पढ्न आग्रह गरेका छन् । उनले प्रतिनिधि सभा विघटन विरुद्को कार्यक्रमलाई कोटेश्वरमा संबोधन गर्दै भने, “यो देशको राष्ट्रपति कस्तो बन्नुपर्छ ? सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू,यो देशको संवैधानिक राष्ट्रपति भएर कस्तो काम गर्नुपर्छ भन्ने कुरा ज्ञान लिनका डा. रामवरण यादवसँग ट्युसन पढ्ने काम गर्नुहोला । ट्युसन लिँदा थाहा हुन्छ ।”

    देश अहिलेको परस्थितीमा आउनुमा राष्ट्रपती चौथो दोषी भएको उनको ठहर छ ।“पहिलो दोषी केपी शर्मा ओली , दोस्रो प्रचण्ड, तेस्रो दोषी माधव नेपाल र वरियतामा राख्दा सायद गलत होला तर पनि चौथो दोषी राष्ट्रपति विद्यादेवी भण्डारी हो,” प्रवक्ता शर्माले भने ।उनले संसद मात्र नभएर नेकपाले चुनावमा देखाएको ७ वटा सपना विखण्डन भएको बताए । ओली बोलीका रुपमा मात्रै सिमित भएको उनको टिप्पणी छ ।

    शर्माले कांग्रेसले नेकपाको दुवै समूहलाई साथ नदिने संकेत गरे ।उनले भने “ हामी कांग्रेस न ओली न प्रचण्ड–माधवसँग नजिक छौं, हामी त जनतासँग नजिक छौं,” ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस