• The Public Today
  • मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट


    काठमाण्डाै, पौष १३ गते : प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै आज रिट दायर गरेका हुन् ।

    अधिवक्ता ओलीले आफूहरुले रिट दायर गरेको र पर्सी १५ गते बुधबार पेसी तोकिएको बताए । सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस