• The Public Today
  • भौतिक पूर्वाधार मन्त्री बोहरा पदमुक्त


    काठमाडौं, पुस १४ गते : केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।

    मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई संविधाानन बमोजिम पदमुक्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन । नेकपा केन्द्रमा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस