वैशाखपछि ओलीको पत्तासाफ हुन्छ : प्रचण्ड

File photo
काठमाडौं, पुस १४ गते : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि प्रधानमनत्री केपी शर्मा ओलीको राजनीति पत्तासाफ हुने बताएका छन्।
मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको बताए।उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए।
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति
प्रतिक्रिया दिनुहोस