• The Public Today
  • विद्या र केपीलाई जनकपुरमा निषेध गर्नुपर्छः साह


    जनकपुर, पुस १४ गते : नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य गणेश साहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर गलत काम गरेको आरोप लगाएका छन् । मंगलबार जनकुपुरधाममा आयोजित विरोधसभालाई सम्बोधन गर्दैै नेता साहले श्रमजीवी वर्गले यस कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गर्नुपर्ने बताए ।

    उनले राजा महेन्द्रले कू गर्दा जनकुपुरवासीले बम पड्काएर जवाफ दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पनि जवाफ दिनुपर्ने चेतावनी दिए । उनले भने,‘ शाही कू गर्ने राजा महेन्द्र जनकपुर आउँदा यहाँका जनताले बम पड्काएर जवाफ दिए । अब विद्या र ओली आउँदा पनि कडा रुपमा विरोध प्रदर्शन गर्नुपर्छ । धनुषामा उनीहरुलाई निषेध गर्नुपर्छ ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस