• The Public Today
  • हात्तीको आक्रमणबाट थप एकको मृत्यु


    द पब्लिक टुडे
    गौशाला, पुस १५ गते ।
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तिको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः एक जनाको मृत्यु भएको छ ।

    सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परि कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए ।
    दैनिकरुपमा आरक्षबाट निस्किने जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन् ।

    केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो । आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले मागसमेत गरेका छन् । माकुना हात्तीले अहिलेसम्ममा यो सहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस