• The Public Today
  • नौमती बाजा बजाएर संसद् विघटनको विरोध


    काठमाडौं, पुस १५ गते : संसद् विघटन गर्ने कदमको नौमती बाजा बजाएर र कवितावाचन गरेर विरोध गरिएको छ । बुधबार नागरिक अगुवाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले नौमती बाजा बजाए । नाचगान गरे । चर्चित कविहरुले चोटिलो कविता सुनाए ।उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए । संसद् विघटन असंवैधानिक भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस