• The Public Today
  • संक्रमणबाट एक दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी


    काठमाडौं, पुस १६ गते : कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हुने मृत्यु अहिलेसम्मकै बढी संख्यामा भएको छ।

    विश्वभरको कोरोनाबाट हुने मृत्युको तथ्यांक राख्ने वेबसाइट वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७ सय ४४ संक्रमितको मृत्यु भएको हो। यो संख्या कोरोनाबाट एक दिनमा भएको मृत्यु अहिलेसम्मकै बढी हो।यसअघि बुधबार १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु काेराेना महामारीकाे तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा मृत्यु भएको हाे। युरोपेली मुलुकमा मात्रै एक दिनमा ५ हजार ७६३ संक्रमितको मृत्यु भएको हाे।


    क्याटेगोरी : मुख्य समाचार, विविध


    प्रतिक्रिया दिनुहोस