• The Public Today
  • अटोरिक्सा चालक पक्राउ


    कञ्चनपुर, पुस १६ गते : भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ ।

    अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीनओटा गोलिया (७.३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

    अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस