• The Public Today
  • २०२१ मा कमब्याक गर्दै रिया चक्रवर्ती


    मुम्बई, पुस १७ गते । वर्ष २०२० मा अभिनेता सुशान्तसिंह राजपूतको निधनका कारण मिडियाको हेडलाइनमा रहेकी अभिनेत्री रिया चक्रवर्ती चलचित्रको पर्दामा कमब्याक गर्ने तयारीमा छिन् ।

    उनी नयाँ वर्ष २०२१ को आगमनसँगै लेखक/निर्देशक रुमी जाफ्रेको निर्देशनमा बन्ने चलचित्रबाट फर्किंदै छिन् । सुशान्त र रियाको घनिष्ठ मित्र पनि रहेकी रुमी भन्छिन्, “यो रियाका लागि एक पीडादायी वर्ष रह्‍यो । अवश्य पनि यो वर्ष सबैका लागि खराब थियो । तर उनको मामिलामा यो अर्कै हिसाबले गाह्रो रह्‍यो । एक सामान्य वर्गको परिवारकी छोरी एक महिना जेलमा बसेको तपाईं कल्पना गर्न सक्नुहुन्छ ? यसले उनको मनोबल पूर्ण रुपमा घटाएको छ । रिया अर्को वर्षको सुरुवातमै पुन: काममा फर्किनेछिन् ।”

    उनले हालै रियासँग भेटेको पनि बताइन् । उनका अनुसार यो स्थिति सामान्य भएसँगै उनीसँग धेरै कुराहरु भन्न बाँकी रहेको बताउँदै चलचित्र उद्योगले रियालाई सहर्ष स्विकार्नेमा उनी विश्वस्त छिन् ।
    -बलिउड हंगामा


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस