• The Public Today
  • रमतेल डाँडा वन कटान प्रकरण : दोषीलाई कारवाही गर्न बर्दिबास नगरपालिकाको माग


    • राजकरण महतो

    बर्दिबास, पुस १७ गते । रमतेल डाँडाको वन कटान तथा जग्गा अतिक्रणका दोषीलाई कडा कारवाही गर्न सरोकारवाला निकायसंग बर्दिबास नगरपालिकाले माग गरेको छ । शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर विदुर कुमार कार्कीले कानून विपरीत कार्य गर्न कसैलाई छुट नभएको बताएका छन् ।

    ‘हामी सार्वजनिक सम्पत्तिको रक्षक हौं,’ मेयर कार्कीले भने, ‘वन संरक्षणका लागि चौतर्फी पहल गरेको छु ।’ वन फँडानीमा नगरपालिकाले सहयोग गरेको भन्ने हल्ला भ्रमक रहेको छ । यसमा कुनै सत्यता नरेको उनले बताए ।

    ‘सहिलाई सहि भन्ने हो । गल्त गर्नेलाई कारवाही हुनु पर्छ,’उनले भने,‘कटान भएको क्षेत्र मेरो नजरमा पनि जंगलकै एरिया हो ।’ व्यक्तिको जग्गा नभएको हालसम्मको सूचनाले बताएको उनले बताए ।

    ‘राज्यका सक्षम जिम्मेवार निकायबाट सत्य तथ्यको खोजी गर्ने कार्य सुरु भैसकेको छ,’मेयरले जारी गरेको पे्रस बक्तव्यमा भनेका छन्,‘वन फँडानीको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कुनै पनि बहानामा दोषीले उन्मुक्ति पाउनु हुँदैंन ।’ दोषीको पहिचान र कारवाहीको कार्यमा आफ्नो तर्फबाट सहयोग गर्न बर्दिबास नगरपालिका प्रतिबद्ध रहेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

    वन जंगल संरक्षणको बिषयलाई कार्यपालिकाका ऐजेण्ड बनाएर छलफल गरिने मेयर कार्कीले बताए । ‘वनलाई जति माया गछौं । त्यति हामी सुरक्षित हुन्छौं । वन क्षेत्र वन क्षेत्र नै रहन्छ । सार्वजनिक जग्गाजमिनलाई संरक्षण गर्न काम बढाएका छौैैं,’मेयर कार्कीले भने ।

    बर्दिबासको भब्सी खोलादेखि रातु खोलासम्ममा पर्ने नेवार डाँडा–कामी डाँडा सामुदायिक वन, च्यान डाँडा सामुदायिक वन, रमतेल डाँडा सामुदायिक वनको जग्गालाई सिमांकन गरिने उनले बताए ।

    संघ तथा प्रदेशको कानूनको अधिनमा रहेको वन–जंगल वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण एवम् जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना अनुगमन, र नियमन स्थानीय सकारको काम, कर्तव्य र अधिकार रहेको सन्दर्भमा रमतेल डाँडाको वन फँडानी घटनाले बर्दिबास नगरपालिकाले संवेदनशिल बनाएको मेयर कार्कीको प्रेस बक्तव्यमा उल्लेख छ ।

    वन कटानी गराउने दोषीलाई कारवाही गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यस अघि वन मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।रमतेल डाँडाको वन फडानी प्रकरणको छानविन गर्न प्रदेश २ को वन मन्त्रालयले तीन सदस्य उच्चस्तरीय छानविन टोली गठन गरिसकेको छ । वन मन्त्रालयका उप–सचिव नन्दलाल राय यादवको संयोजकत्वमा वन कटानी बारे जाँचबुझ गर्न समिति गठन गरिएको छ । समितिमा कानुन अधिकृत बालकृष्ण मिश्र र वन व्यवस्थान अधिकृत बेचन चौधरी रहेका छन् ।

    पौष ९ गते प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवालको टोलीले वन कटानी स्थलगत निरिक्षण गरेर वन मन्त्रालयमा पौष १२ प्रथिवेदन पेश गरेका थिए । वन मन्त्रालयले पौष १३ गते वन मन्त्रालयले छानविन टोली गठन गरेका थिए ।

    रमतेल डाँडा सामुदायिक वनको ३ विघा १८ कठ्ठाको वन कटान गर्ने र जग्गा अतिक्रण गर्ने व्यक्तिलाई दोषी उपर कडा कारवाही गर्न स्थानीयहरुले माग गर्दै आएका छन् ।
    अबैध रुपमा वन कटानीको लागि भू–माफियालाई सहयोग गरेको आरोपमा रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेर बहादुर राउतलाई पक्राउ परिसकेका छन् । जग्गाधनी लिलामणी आचार्य र कृष्णप्रसाद गौतम फरार छन् ।

    वन कटानी प्रकरणमा पौष १२ गते सव–डिभिजन वन कार्यालय बर्दिबासमा सहायक वन अधिकृत लक्ष्मण प्रसाद साह सहित ७ कर्मचारी निलम्बनमा परिसकेका छन् । नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउतको गरेको गलत नापीले खोलामा पर्ने व्यक्तिको नम्बरी जग्गा संरक्षित सामुदायिक वन क्षेत्रमा परेको ठहर गरेको थियो ।

    त्यसको आधारमा जग्गाधनी आचार्य र गौतमलाई वन कार्यालयले १ विघा विघा २ कठ्ठा ११ धुरमा पर्नेे १ सय वटा कुकाठको रुख कटान गर्न आदेश दिएको थियो ।तर, उनीहरुले ३ विघा १८ कठ्ठा क्षेत्रफलमा पर्ने ४ सय ६ वटा रुख कटान गरेर वनको जग्गा कब्जा गर्न खोजेको देखिन्छ ।
    वन अतिक्रमण घटनाको प्रारम्भिक जाँचबुझमा खटिएका साहयक वन अधिकृत बेचन ठाकुरको टोलीले पाँच दिन लगाएर तयार पारेको एक रिर्पोट अनुसार ४ सय ६ वटा रुखको टुटाको फेला परेको छ । वन क्षेत्रमा ३ हजार ३ सय ६५ क्वीफिट काट कटान गरि वन क्षेत्रमा हानीनोक्सानी पु¥याइएको छ । मुचुलका गरि सरोकारवलाहरुको रोहोबरमा कटान गरिएको क्षेत्रबाट वन कार्यालय महोत्तरीले रुखका गोलीयो ढुवानी गरेर घाँटगद्दी गरिएको सशस्त्र वन सुरक्षा शाखा माइस्थान बर्दिबासका रेन्जर सन्तोष यादवले जनाए ।

    जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुर्जा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए ।त्यसपछि वन, नापी, मालपोत, वडा सदस्य, वन उपभोक्त समिति सहितको एक स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए ।त्यसमा वनको जग्गा व्यक्तिको रहेको उनीहरुले सहिछाँप गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस