• The Public Today
  • सरकारको प्रस्ताव सभामुखले पेस नगरिदिने, यस्तो अराजकता हुन्छ ? : प्रधानमन्त्री


    काठमाडौं, पुस १७ गते : प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटामाथि खनिएका छन् । ३६ देशका प्रवासी नेपाली अगुवालाई शुक्रबार सम्बोधन गर्दै उनले संसद् विघटनको औचित्य खोज्दै सभामुखमाथि खनिएका हुन् ।

    प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले सरकारको प्रस्ताव संसद्‍मा पेस नगरेको आरोप लगाएका हुन् ।संसद्ले गर्नुपर्ने निर्णय गर्न नदिएर रोकेर राख्ने, प्रस्ताव रोकेर राख्ने, यस्तो अराजकता हुन्छ ?,” उनले प्रश्न गर्दै भने, “यसको उपचार ताजा जनादेश हो ।”

    उनले सभामुख सापकोटाले कीर्ते गरेको पनि आरोप लगाए । प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०:५५ मा दर्ता गरेको बनाएको पनि बताए ।सभामुखबाट अस्थिरता, अराजकतालाई बल पुग्ने काम गरेकाले सरकारको सहयोगी नबनेकाले संसद् विघटनको निष्कर्षमा पुग्नुपरेको पनि ओलीले जिकिर गरे ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस