• The Public Today
  • ५,२२५ को परीक्षण, ४२६ जनामा कोरोना, थप आठको मृत्यु


    काठमाडौं, पुस १७ गते : पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८६४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२६ जनाको नतिजा पोजेटिभ आएको छ ।

    नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६१ हजार १९ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५३ हजार १०७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३६७ जना छन् भने छ हजार ४८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस