• The Public Today
  • सरकारका कारण जनताले दुःख पाए : लोहनी


    काठमाडौं, पुस १७ गते: राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारका कारण नेपाली जनताले दुःख पाएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे । संसद विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए । अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए ।

    लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नुपर्ने बताए ।“राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र बृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो,” लोहनीले भने । भृकुटीमण्डपबाट सुरु भएको विशाल ¥याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस