• The Public Today
  • फाइजर खोपलाई अनुमति


    काठमाडौं, पुस १७ गते : विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ ।

    बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ ।बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन् ।

    अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियस सम्ममा भन्डारण गर्न सकिन्छ भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस