• The Public Today
  • नक्कली कागजपत्र तयार गरेको आरोपमा पक्राउ


    धनुषा, पुस १७ गते : नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका ८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत बिहार घर भई हाल मोरङ विराटनगर उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका ९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका २ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका ४ बस्ने ३० वर्षीय चन्दनप्रसाद साह, सोही उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रामचन्द्र साह र विदेह नगरपालिका ३ बस्ने २३ वर्षीय चन्दिर राय छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको एक होटेलको कोठाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको नक्कली छाप, प्रमाणपत्र तथा लोगोलगायत अन्य विभिन्न कार्यालयको छापसहित समिरलाई फेला पारेर थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत पक्राउ गरेको हो ।

    उनीहरूविरुद्ध संगठित अपराध तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस