• The Public Today
  • नेकपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, माघ २३ गते राजधानीमा विरोध सभा


    काठमाडौं,पुस १८ गते : प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

    शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रो चरणका आान्दोलनका कार्यक्रम घोषणा गरेको हो।नेकपाले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।

    जसमा वडासम्म संघर्ष समिति निर्माण गर्ने देखि राजधानीमा वृहत सभा गर्नसम्मका कार्यक्रम रहेका छन्।माघ २३ गते राजधानीमा बहत् विरोध सभा गर्ने नेकपाले जनाएको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस