• The Public Today
  • लोकतन्त्र खतरामा परेपछि संसद विघटन गरें : प्रधानमन्त्री ओली


    काठमाडाैं, पुस १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा परेका कारण संसद विघटन गर्नुपरेको बताएका छन् । काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले प्रचण्ड नेपाल समूहले कार्यकर्तालाई झुक्याउन संसद पुनस्र्थापना हुने भ्रम फैलाएको टिप्पणी गरे । 

    उनले मुलुक निर्वाचनमा होमिएको भन्दै संसद पुनस्र्थापना हुन नसक्ने समेत बताए ।

    उनले भने,संसद पुनस्र्थापना कसले हुन्छ भन्यो ? अब मुलुक निर्वाचनमा होमिसकेको छ, निर्वाचन आयोगले चुनावको तयारी गरिरहेका छन् । 

    जनता ताजा जनादेश लिएर स्वच्छ व्यक्तिहरूलाई शसक्त संसद बनाउनेगरी मतदान गर्न आत्तुर भएको उनले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस