• The Public Today
  • स्काभेटर दुर्घटना, चालकको मृत्यु


    काठमाडाैं, पुस १८ गते : बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

    बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

    स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस