• The Public Today
  • प्रचण्ड-नेपाल पक्षप्रति ‌ओलीको कटाक्ष: असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?


    काठमाडौं, पुस १८ गते । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले प्रचण्ड-नेपाल पक्षले असली हामी हौं भनेर निर्वाचन आयोग गएको भन्दै त्यसलाई बरमाझियाको बुढाको पेडा पसलको संज्ञा दिएका छन् ।

    ‘उहाँहरूले एउटा निवेदन हाल्नुभएको रहेछ, असली हामी हौं भन्दै। ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’ ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‌ओलीले जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’

    आफूरु आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । अघि भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।’

    ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस