• The Public Today
  • मन्त्रीको गाडीले ठक्कर दिए, घाइतेको उपचार खर्चको जिम्मा मेयरले लिए


    द पब्लिक टुडे
    गौशाला, पुस १८ गते ।
    शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको छन् ।

    मन्त्री साह सवार ना.१ झ ३८४२ नम्बरको भण्डावाल गाडीले शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा ठक्कर दिंदा लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।

    ठक्करबाट लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डीएसपी) मदन कुँवरले बताएका छन् ।

    डीएसपी कुँवरले भने– ‘मन्त्रीज्यू रौतहटबाट महोत्तरी तर्फ जाँदै हुनुहुन्थ्यो, त्यता जाँदै गर्दा दुर्घटना भएछ, घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।’

    यसैबीच, शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते तामाङको सम्पूर्ण उपचार खर्चको जिम्मा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले लिएका छन्।

    ​घाइते तामाङको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ। उनको उपचार खर्च मेयर प्रसाईंले जिम्मा लिई उपचार गराइरहेका बताइएको छ। डाक्टरको सल्लाहअनुसार घाइतेको स्थानीयस्तरमा उपचार नभए काठमाण्डौ लानेसमेत बताए।

    तामाङको कम्मर र ढाडमा चोट लागेर घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० संतोष सिंह राठौरले जानकारी दिए।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस