• The Public Today
  • नाइजरः संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु


    एजेन्सी : नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् । रिपोर्टका अनुसार हमलामा २० जना घाइते पनि भएका छन् । 

    स्थानीय अधिकारीले बीबीसीसँग टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन् ।

    यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ । 

    हालका महिनामा यो इलाकामा छिमेकी देशबाट माली आउने संदिग्ध जेहादीले विभिन्न हमला गरेका छन् । 

    यस्तै समाचार एजेन्सी एएफपीले अधिकारीलाई उद्धृत गर्दै दुई गाउँ हमलाको शिकार भएको र मृत्यु हुनेको संख्या ७० सम्म पुग्नसक्ने जानकारी दिएको छ । 

    एएफपीको रिपोर्ट अनुसार जारोमदायेर नामको गाउँ पनि हमलाको शिकार भएको छ जहाँ दर्जनौं मानिसहरुहरु मारिएका छन् । 

    यी हमलामा अहिले नाइजर सरकारले कुनै टिप्पणी गरेको छैन । 

    पश्चिमी अफ्रिकी देश नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले पहिले पनि थुप्रै हमला गरिसकेका छन् । 

    गत वर्ष भएको हमलामा सयौंको ज्यान गएको थियो । 

    छिमेकी देश नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले अघिल्लो महिना दक्षिण पूर्वको दीफा इलाकामा कम्तिमा २७ जनाको हत्या गरेको थियो । 


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस