• The Public Today
  • राष्ट्रपतिमा असाधारण देशभक्ति छ : प्रधानमन्त्री


    काठमाडौं, पुस १९ गते : प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमा असाधारण देशभक्ति भएको बताएका छन् ।

    बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देशभक्ति छ ।”

    प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अपमान गर्नेहरुलाई लाज हुनुपर्ने बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस