• The Public Today
  • थप आठ संक्रमितको मृत्यु, मृतकको संख्या १८ सय ७८ पुग्यो


    काठमाडौं,पुस १९ गते : पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप आठजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार आठ सय ७८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार आठ सयजनाको पीसीआर गरिएकामध्ये ४ सय २१ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६१ हजार आठ सय ६९ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो चौबीस घण्टामा ६३७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५४ हजार ४ सय ९४ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा ३ सय ६७ जना छन् भने ५ हजार ४ सय ८७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस