• The Public Today
  • सभापति देउवाद्वारा निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त


    काठमाडौं, पुस १९ गते : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।कोइरालाको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

    सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत् उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु हुन् ।निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत थिए ।

    तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उनले कार्यसमेत गरेको पार्टी कार्यालयले जनाएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस