• The Public Today
  • प्रतिस्पर्धाबाट पाँचसय उपप्राध्यापक भर्ना गर्ने त्रिविको तयारी


    काठमाडौं, पुस २० गते : त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँचसय भन्दा धेरै उपप्राध्यापक भर्ना गर्ने तयारी गरेको छ।

    एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकहरुको पदपूर्ति गरिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।धर्मकान्त बाँस्कोटाले जानकारी दिए।

    बाँस्कोटाका अनुसार खुला प्रतिस्पर्धाबाट पाँच सयभन्दा बढी उपप्राध्यापक छनौट गर्ने प्रक्रिया अघि बढिसकेको छ। उपप्राध्यापकहरुको भर्नासँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुला गर्ने तयारी त्रिविले गरेको छ।

    कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने बाँस्कोटाले जानकारी दिए। त्यसका लागि दरबन्दी संकलनको काम भइरहेको छ। अब हरेक वर्ष रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धाको माध्यमाट उप्रप्राध्यापक छनोट गरिने त्रिविले जनाएको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस