• The Public Today
  • पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान


    काठमाण्डाै, पुस २० गते: पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जानु भएको छ ।

    नेपाल एयरलाइन्सको उडानबाट बिहान ११ बजेर २० मिनेटमा उहाँहरु भारतको मुम्बई प्रस्थान गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

    उहाँहरुको साथमा छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि रहेका सापकोटाले बताउनुभयो । सीता दाहालको उपचार मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा हुने पनि उहाँले बताउनुभयो।

    वंशानुगत पार्किन्सन्स जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई मुम्बई लगिएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस