• The Public Today
  • १३ वर्षीय बालकसहित तीन संक्रमितको मृत्यु


    बाँके,पुस २१ गते: बाँकेमा १३ वर्षीय बालकसहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    कोरोना संक्रमणपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत २ र भेरी अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको हो।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले गएराति बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको बताए।

    प्रजिअ कुरुङम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दाङ घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको पनि गए राति नै उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै बाँकेमा कोरोना संक्रमणका १२८ जनाको मृत्यु भएको छ। जसमध्ये ४८ जना बाँकेका र ८० जना बाहिरि जिल्लाबाट उपचार गर्न आउने रहेका छन्।नेपालखबर


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस