• The Public Today
  • सरकारको बचाउ गर्दै जनकपुरमा नेकपाको प्रदर्शन


    जनकपुर,पुस २१ गते : जनकपुरमा सरकारको बचाउ गर्दै प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले मंगलबार शक्ति प्रदर्शन गरेको हो।

    जनकपुरको रेल्वे स्टेसनबाट जुलुस निकालेर नगरको विभिन्न भाग परिक्रमा गरिएको थियो। ओली पक्षका नेताहरु उपप्रधानन्त्री इश्वर पोखरेलसहित नेताहरु रघुवीर महासेठ, प्रभु साह, जुली महतो लगायत प्रदर्शनमा सहभागी भएका थिए।

    प्रदर्शनपछि नेकपा ओली समूहको जिल्ला भेला नेकपाको प्रदेश २ पार्टी कार्यालयमै भइरहेको छ।यसअघि सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्षको जिल्ला तथा प्रादेशिक भेला सोही कार्यालयमा भएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस