खुकुरीले हानेर श्रीमतीको हत्या

साङ्गकेतिक तस्विर

काठमाडौं, पुस २१ गते: आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक जना पक्राउ परेका छन्।

देउमाई नगरपालिका ८ आमबोटेका ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।घरायसी विवादकै क्रममा मंगलबार बिहान साढे ५ बजे २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ।

उनले श्रीमतीलाई घाँटीमा खुकुरीले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।