• The Public Today
  • म्याराथन प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी ढाकामा प्रस्थान


    काठमाडौं,पुस २१ गते : बंगलादेशको राजधानी ढाकामा हुने बंगबन्धु म्याराथन प्रतियोगिता २०२१ मा सहभागी हुन नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालको तर्फबाट दुईजना एथलेटिक्सका म्याराथन धावकले सहभागिता जनाउने छन् । सहभागी हुन जाने खेलाडीहरुमा पुरुषतर्फ गत सागमा स्वर्ण पदक विजेता खेलाडी किरण सिंह बोगटी र महिलातर्फ गत सागमा रजद पदक विजेता पुष्पा भण्डारी रहेका छन् ।

    त्यस्तै प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । उनीहरुलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीब विक्रम शाहले बिदाई गरेका थिए । कोरानाकालमा खेल गतिविधि नभइरहेका बेला एथलेटिक्स संघले भने खेलाडीहरुलाई सहभागिताका लागि पठाएको हो । संघका अध्यक्ष शाहले अहिले खेलकुदका गतिविधि कम भइरहेको बेला एथलेटिक्स संघले भने पठाएको बताए ।बाह्रखरी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस