• The Public Today
  • मटिहानीका मेयरले बनाए विद्यालय भवन


    बर्दिबास, पुस २२ गते । महोत्तरी मटिहानी नगरपालिकाले लक्ष्मीनाराण माध्यमिक विद्यालय सिमरदहीमा ५० लाखको लागतमा ६ कोठे भवन निर्माण गरेको छ ।

    नव निर्मित विद्यालय भवनको मटिहानी नगरपालिका मेयर हरि प्रसाद मण्डल र शिक्षा विकास तथा समन्वय इकाई जलेश्वरका प्रमुख प्रतिभा कुमारी साहले संयुक्त रुपमा उद्घान गरेका छन् ।चार कोठे पक्की भवन र दुई कोठे ब्लक गरी ६ कोठे भवन निर्माण गरिएको हो । ‘शिक्षा आजको सबैको आवश्यकता रहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी छ, ’मेयर मण्डलले भने ।

    विद्यालयका प्रधानाध्यापक राजकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख साह, मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष  आविद हुसैन, चन्देश्वर साह लगायतका वक्ताहरुले शिक्षाको महत्व वारे प्रकाश पारेका थिए ।


    क्याटेगोरी : फोटो फिचर, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस