• The Public Today
  • आर्थिक मामिलामन्त्रीले दिए राजीनामा


    सुर्खेत,पुस २२ गते : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आज पदबाट राजीनामा दिनुभएको छ ।

    मन्त्रालयमा बुधबार अपराह्न साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रहि काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो ।

    उहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिनुहुन्छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस