• The Public Today
  • महोत्तरीको गौशालामा नगर पत्रकार सञ्जाल गठन, संयोजकमा महतो चयन


    गौशाला, पुस २३ गते । महोत्तरीको गौशाला नगरपालिकामा नगर पत्रकार सञ्जाल गठन गरिएको छ ।

    गौशाला नगरपालिकाको पुरानो भवनमा गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको प्रमुख आतिथ्यमा बसेको नगरभित्रका पत्रकारहरूको भेलाले पत्रकार रामनारायण महतोको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो  ।

    द पब्लिक टुडेका प्रकाशक समेत रहेका महतोको संयोजकत्वमा गठित सञ्जालको तदर्थ समितिको सदस्यहरूमा  राजेश कुमार सिंह कुशवाहा, निरंजन साह, सुनिता महतो, दिनेश महतो, सविता थापा, विष्णु यादव, कविता सिंह र ममता शर्मा रहेका छन् ।

    सञ्जालको सल्लाहकारमा पत्रकार रवीन्द्र उप्रेती, धनवीर महतो र राजकरण महतोलाई चयन गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस