• The Public Today
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं


    ढल्केवर, पुस २५ गते । धनुषामा टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षणका अभियन्ता दिलिप(ओमप्रकाश महतो) को पहिलो स्मृति दिवस आज मनाईदैं छ ।

    दिलिपको स्मृत दिवस पारेर ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले आज उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ ।

    आज धनुषाको ढल्केवरमा दिलिपको सम्झना र न्यायको निम्ति बिशाल र्याली र श्रद्धाञ्जलीसभाको आयोजना गरिएको ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले जनाएको छ ।

    यस्तै काठमाडौंको माइतीघर मण्डलामा पनि दिलिपको सम्झनामा आज साँझ ४ बजे दिप प्रज्वलनको कार्यक्रम रहेको बताईएको छ ।

    गत वर्ष पौष २५ गते खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय दिलिप(ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए । दिलीपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीन जना पुर्पक्षका लागि कारागारमा छन् ।

    पर्यावरण अभियन्ता दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग चौतर्फी रुपमा गुञ्जिदैं आएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस