• The Public Today
  • सीतालाई भारतमै छोडेर प्रचण्ड स्वदेश फर्कदै


    काठमाडौं, पुस २५ गते: पत्नी सीताको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् ।पत्नी सीतालाई भारतमै छोडर प्रचण्ड स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।

    सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।

    पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस