• The Public Today
  • ३६२ संक्रमित थप,३ को मृत्यु


    काठमाडौं,पुस २५ गते : पछिल्लो २४ घण्टामा ३६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६९९ संक्रमित निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।

    मन्त्रालयका अनुसार ४ हजार ६८१ जना आइसोलेसनमा छन् । २६२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ७४ हजार ५६१ पीसीआर परीक्षण गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस