संसद विघटनविरुद्ध एक लाख जनता सडकमा उतार्छाैं : श्रेष्ठ

File photo

काठमाडौं,पुस २५ गते: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा संसद विघटन विरुद्ध संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले माघ २३ गते एक लाख नेता कार्यक्रर्ता सडकमा उतार्ने बताएका छन् ।

शनिबार सम्पर्क कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले त्यसको तयारीमा लाग्न निर्देशन पनि दिए ।“माघ २३ गते टाउको गनेर एक लाख मान्छे उतार्छाैं । त्यसको तयारीमा आजैबाट लाग्नुस्, उनले निर्देशन दिए । श्रेष्ठले सम्पर्क कमिटीहरुलाई आन्दोलनलनमा सहभागी हुनेहरुको नामसमेत दिन आग्रह गरे ।