• The Public Today
  • ओली समूहको जिल्ला अध्यक्षमा श्रेष्ठ चयन


    मकवानपुर,पुष २६ गते: नेकपा ओली समूहले मकवानपुरमा पार्टीको जिल्ला अध्यक्ष अर्कै चयन गरेको छ।

    शनिबार हेटौंडामा सम्पन्न ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलाले एकालाल श्रेष्ठलाई मकवानपुर जिल्ला अध्यक्ष घोषणा गरेको हो।

    केन्द्रीय सर्कुलर र जिल्लाको बैठकअनुसार भन्दै ओली समूहका जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले मकवानपुर अध्यक्षमा श्रेष्ठलाई चयन गरेका हुन्।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यकर्ता भेलाले साविक नेकपाका मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई अनुशासनको कारबाही भन्दै पार्टीबाट निष्कासन गरेको छ।

    उनीहरू प्रचण्ड-नेपाल समूहका नेता हुन् भने बागमती प्रदेशसभाका सदस्य हुन्। जसले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस