• The Public Today
  • वागमती मुहान क्षेत्रमा माछाका भुरा छाडियो


    काठमाडौं,पुष २६ गते: वागमती सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेको अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको नदी किनारमा ४०० माछाको भुरा छाडिएको छ ।

    अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीले शहर र गर्दी जातिका ४०० माछाका भुरा छाडेका हुन् ।

    माछाका भुरा केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुले उपलब्ध गराएको हो । केन्द्रका मत्स्य विकास अधिकृत सुभाषकुमार झा प्राकृतिक जलाशयमा फस्टाउने जातका माछाका भुरा नै वाग्मतीमा छोडिएको बताउँछन् । यी जातका माछा नेपालका प्रायः नदीमा पाइन्छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस