• The Public Today
  • थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९१७ पुग्यो


    काठमाडौं,पुस २६ गते: पछिल्लो चौबीस घण्टामा देशभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३३ सय ९९ जनाको पीसीआर गरिएकामध्ये २५९ जनाको नतिजा पोजेटिभ आएको छ ।
    नेपालमा आज आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६४ हजार ७८० जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ५१३ जना निको भएका छन् ।

    योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार ९ सय २८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २५७ जना छन् भने ४ हजार ४ सय २२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस