• The Public Today
  • पृथ्वीजयन्तीमा शुक्लागण्डकी नगरपालिकामा सार्वजनिक बिदा


    दमौली,पुस २७ गते: तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    नगरपालिकाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

    राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए । रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस